newskoseli.Com

घरेलु प्रदर्शनीमा ५ करोडको कारोबार

lalxaf/b]lv cf}Bf]lus k|bz{gL 3/]n’ tyf ;fgf pBf]u ljsf; ;ldltsf] cfof]hgfdf lalxaf/b]lv sf7df8f}Fsf] e[s’6Ld08kdf x’g nfu]sf] @*cf}F cf}Bf]lus k|bz{gL tyf pTs[i6 n3′, 3/]n’ tyf ;fgf pBdL k’/:sf/af/] hfgsf/L lbFb} ;ldltsf lgldQ sfo{sf/L lgb]{zs /d]zrGb| pkfWofo . tl:a/ M cRo’t /]UdL, /f;;

घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औं राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी मंगलबार सकिएको छ ।

‘मेड इन नेपाल गौरव गरौं, स्वदेशी वस्तु प्रयोग गरौं’ नाराका साथ फागुन १२ देखि सुरु भएको प्रदर्शनीमा ५ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । प्रदर्शनीको समापन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि यस्ता प्रदर्शनीबाट सहयोग पुग्ने बताए ।

औद्योगिक उत्पादन वृद्धि गर्नका लागि उपयुक्त नीति आवश्यक भएको मन्त्री जोशीले बताए । नेपालमा लघु घरेलु उद्योगको अत्यधिक सम्भावना भएको र यसका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । आगामी १० वर्षमा कोही नेपाली विदेशिनु नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको मन्त्री जोशीले बताए ।

साना तथा घरेलु उद्योगलाई प्रवर्द्धन गर्दै उपयुक्त प्रविधि प्रयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । समितिका अध्यक्ष दीपेन्द्र आचार्यले आर्थिक क्षेत्रमा कमजोर महिलाको जीवनस्तर उकास्नका लागि प्रदर्शनीबाट सहयोग पुगेको बताए । समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायका अनुसार ६ दिनसम्म चलेको मेलाको करिव ३ लाख व्यक्तिले अवलोकन गरे ।

२०४२ देखि निरन्तर गरिँदै आएको सो प्रदर्शनीमा ७५ जिल्लाका साना तथा घरेलु उद्योगीले भाग लिँदै आएका छन् । यस पटकको प्रदर्शनीमा ७३ जिल्लाका ३ सय ५ प्रदर्शनी कक्षमा मुलुकभरका उद्योगीले अा–आफ्ना उत्पादन बिक्री तथा प्रदर्शनीमा राखे ।

उत्कृष्ट उद्यमी पुरस्कृत

सो अवसरमा मेलामा उत्कृष्ट प्रदर्शन गरेका ५९ उद्यमीलाई पुरस्कृत गरियो । सर्वोत्कृष्ट १ जनालाई ३० हजार रूपैयाँ, उत्कृष्ट उद्यमी पुरस्कार १४ जनालाई जनही २० हजार रूपैयाँ, द्वितीय उद्यमी पुरस्कार १४ जनालाई जनही १० हजार रूपैयाँ तथा सान्त्वना पुरस्कार २२ जनालाई जनही ५ हजार रूपैयाँ प्रदान गरियो ।

रोल्पाकी लक्ष्मी डाँगीले सर्वोकृष्ट पुरस्कार, वस्तु समूहअन्तर्गत मोरङकी दमन्ता कटुवाल, पश्मिना–उनि समूहबाट मुगुकी धममायासिंह बुढा, कृषि तथा वन्यजन्य वस्तु समूहबाट इलामका सरद सुब्बा, प्राकृतिक रेशाजन्य समूहबाट दाङकी निर्मलाकुमारी पुन, बाँस तथा निगालोजन्य समूहबाट धनकुटाकी विमला राई, कलात्मक वस्तु समूहबाट धनकुटाकै चन्द्रबहादुर विश्वकर्मा र काष्ठकला समूहबाट दोलखाका चन्द्रबहादुर विश्वकर्मा उत्कृष्ट भए ।

उनि–गलैंचा समूहबाट ओखलढुङ्गाकी उमा गुरुङ, हाते कागज समूहबाट सोलुखुम्बुका वाङ्चु शेर्पा, खाद्य तथा पेय पदार्थ समूहबाट इलामकी कमला बाँस्कोटा, छाला वस्तु समूहबाट सल्यानका टोपबहादुर नेपाली, विविध समूहबाट नवलपरासीकी इनरकुमारी चौधरी, महिला उद्यमी समूहबाट पाँचथरकी प्रतिमा पौडेल र लघुउद्यमी समूहबाट रुकुमका लब परियार उत्कृष्ट भए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर