newskoseli.Com

ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै

पछिल्लो समय ग्रामीण क्षेत्रका महिला व्यावसायिक बन्दै गएका छन् । पुरुषको मात्र भर पर्दैआएका महिला आफैले आर्थिक उपार्जनका काम गर्न थालेका छन् । दहकोट गाविसका भानादेवी रोकायाले आफ्नो नाममा उद्योग दर्ता गराएका छन  । उनलेले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिनको कपडा बुनाइ सम्बन्धी तालिम समेत लिएका छन ।

जिल्लाको एउटा गैरसकारी संस्थाले उनलाई कपडा बुनाई सम्बन्धी चर्खा र तान समेत सहयोग गरेको छ । सदरमुकाम मार्तडीमा स्थापना गरेको सो उद्योगमा कपडा बुन्ने काम गरिँदै आएको छ । अचेल उनले अन्य महिलालाई समेत सीप सिकाउदै छन । “साझबिहान के खाने भन्ने चिन्ता हुन्थ्यो, अहिले राम्रै आम्दानी भइरहेको छ,” उनले भने। उनले अल्लो भाँग्रोका कोट, पाइन्ट, झोला, जुत्तालगायत कपडा बुन्ने गर्नुभएको छ । अल्लो भाग्रोका कपडा प्रति मिटर रु ८०० देखि १ हजारसम्ममा बिक्री गर्दैआएका छन  ।

त्यस्तै बडिमालिका नगरपालिका– ९ का सरस्वती पाध्यायले नेपालगन्जबाट ८ हजारमा ठेला ल्याई चाउमिन, चट्पटे, पानीपुरी, अण्डा, पकौडा, समोसालगायत परिकार बनाउन बिक्री गर्छन । ठेलाव्यापारबाट दैनिक रु एकहजार ५०० देखि २ हजारसम्म आम्दानी हुने गरेको उनले बताए । “आम्दानी हुन थालेपछि श्रीमान् पनि खुसी छन ,” उनले भने । ठेलाव्यापारकै कमाइले उनले घरखर्च चलाउँदै आएका छन  ।

व्यवसाय सञ्चालन गर्न सहयोग गर्दै आएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष देवबहादुर रोकायाले बताए । दर्ता गर्ने तर व्यवसाय नगर्ने पाइएकाले व्यवसाय सञ्चालन गर्न उनले सवैलाई आग्रह गरे । जिल्लाका ग्रामीण भेगका अन्य महिलाले समेत विभिन्न व्यवसाय गर्न थालेका छन् । उनीहरुले गाउँमै सहकारी स्थापना गरेर व्यवसाय सञ्चालन गर्ने गरेका पाइएको छ । तरकारीखेती, कुखुरापालन, सिलाइकटाई जस्ता थुप्रै काममा पछिल्लो समय महिला अग्रसर भएका महिला अधिकारकर्मी सीता विश्वकर्मा बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर