newskoseli.Com

सुरू भयो प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट

शुक्रबार सुनसरीको इटहरीस्थित डीएभी क्रिकेट खेल मैदानमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको आरम्भ गरिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एक विभागीय टिमसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षेत्रले जति विकास र उन्नति गर्नुपर्थ्यो, त्यसो नहुनुमा नेपालको अस्थिर राजनीति नै मूल बाधक बनिरहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलको व्यवस्थापन भने स्थानीय इटहरी क्रिकेट एकेडेमीले गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चल टिमले पहिलो ब्याटिङ गर्दै २० ओभरको खेलमा १ सय २४ रनको लक्ष्य दिएको थियो । पूर्वाञ्चल टिमले ३ विकेटको क्षतिमा उक्त स्कोर खडा गरेको थियो, जसमा अक्सरी बेगमको ४६ र रोमा थापाको ४२ रनको साझेदारी रह्यो ।

१ सय २४ रनको लक्ष्य पच्छ्याउन मैदानमा ओर्लिएको मध्यमाञ्चल टिम निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ४७ रनमा अलआउट भयो, जसमा मध्यमाञ्चलकी सीता श्रेष्ठले मात्र दोहोरो अङ्क अर्थात् १३ रन बनाउन सकिन् ।

खेलमा महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले ३ विकेट तथा आरती बिडारीले २ विकेट लिएका थिए । पूर्वाञ्चलकी रोमा थापा म्यान अफ द म्याच घोषित भएको सीपी पौडेलले जानकारी दिए । खेलमा सशस्त्र प्रहरीको एपीएफ, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर