newskoseli.Com

इन्डियन प्रिमियर लिगमा मुम्बईसँग बैङ्लोर पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई ईण्डियन्सले रोयल च्यालेन्जर्स बैङ्लोरलाई ६ विकेटले हराएको छ ।

मुम्बईको वाङ्खेडे स्टेडियममा बुधबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।

बैङ्लोरका लागि त्राभिस हेडले ३७ रन तथा विराट कोहलीले ३५ रनको योगदान दिए ।

जवाफमा १ सय ७१ रनको विजय लक्ष्य मुम्बईले खेलमा दुई ओभर बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६२ रन तथा काईरन पोलार्डले अविजित ४० रनको योगदान दिए ।

यो जितसँगै मुम्बई ईन्डियन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ५ खेल खेलेको मुम्बईले दुई जित हात पार्दै ४ अंक बटुलेको हो ।

आईपिएल क्रिकेट अन्तर्गत आज राति हुने खेलमा गुजरात लायन्सले सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर