newskoseli.Com

मनाङलाई हराउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा मनाङ मर्स्याङ्दीलाई १–२ गोलले हराउँदै रुपन्देही– ११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

खेलको ७५औं मिनेटमा सुशील लामाले गरेको गोलपछि अग्रता लिएको मनाङले आफ्नो जितलाई भने सुनिश्चित गर्न सकेन । खेलको ८७ र ८८ मिनेटमा रुपन्देहीका लागि उत्तम गुरुङ र अमर डङ्गोलले एक–एक गोल गरेपछि मनाङको अगाडिको खेल यात्रा रोकिन पुग्यो ।

नकआउटका आधारमा खेलाइएका खेलमा यो हारसँगै मनाङ खेलबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत साेमबार पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र सुदूरपश्चिम– ११ बीच हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर