newskoseli.Com

म्यानचेस्टर युनाईटेड, लिभरपुल र वेष्ट ह्याम विजयी

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार राति भएका खेलहरुमा म्यानचेस्टर युनाईटेड, लिभरपुल र वेष्ट ह्याम युनाईटेड विजयी भएका छन् ।

अंक तालिकाको शीर्ष चारमा पर्ने दावेदारीमा रहेको म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २–० ले हरायो ।

म्यानयुका लागि ईटालियन खेलाडी डार्मियानले एक गोल गरे भने प्यालेसका डेलानीले एक आत्माघाती गोल गरे ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपुलले एभर्टनलाई ४–० ले हरायो । मर्सिसाईड डर्बीमा लिभरपुललाई विजयी गराउन ओरीगी, साखो, स्टरिज र कौटिन्होले एक–एक गोल गरे ।

बुधबार राति भएको अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई ३–१ ले हरायो ।

आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन एण्डी क्यारेलले एक गोल गरे भने मार्क नोबलले दुई गोल पेनाल्टीमार्फत् गरे । वाट्फोर्डका सेबास्टियन प्रोडलले एक गोल फर्काएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर