newskoseli.Com

पञ्जावद्वारा मुम्बई इन्डियन्स सात विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएल अन्तर्गत शुक्रबार राति भएको खेलमा किंग्स इलेभन पञ्जावले मुम्बई इन्डियन्सलाई हराएको छ ।

विशाखापट्नममा भएको खेलमा पञ्जाव सात विकेटले विजयी भएको हो । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २४ रन बनायो ।

मुम्बईका काईरन पोलार्डले २७ रन जोड्दा नितिश रानाले २५ रन जोडे । मुम्बईको ब्याटिङ ध्वस्त पार्नेक्रममा पञ्जावका मार्कस स्टोइनिसले चार विकेट लिए ।

जवाफमा १ सय २५ रनको सामान्य लक्ष्य पञ्जावले १७ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो । पञ्जावका ऋद्धिमन साहले ५६ रन तथा कप्तान मुरली विजयले अविजित ५४ रन बनाए ।

शुक्रबार रातीको खेलपछि १२ खेलबाट १२ अंक जोडेको मुम्बई अंक तालिकाको पाँचौं स्थानमा छ भने ११ खेलबाट ८ अंक जोडेको पञ्जाव सातौं स्थानमा छ

आईपिएल क्रिकेटमा आज राती दुई खेल हुनेछन् । आज छैटौं स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो स्थानको गुजरात लायन्ससँग खेल्दा चौथो स्थानको कोलकाता नाईट राईडर्सले पुछारको टोली राईजीङ पुणे सुपरजाईन्ट्ससँग खेल्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर