newskoseli.Com

पुरुष भलिबल प्रतियोगिता हुने

लेखनाथ नगरपालिका – ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा चैत ३ देखि ५ सम्म सो प्रतियोगिता हुने छ

।जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने मङगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जयप्रकाश थापाले जानकारी दिए । विजेतालाई  ५० हजार तथा उपविजेतालाई ३० हजार ५ सय ५५ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबाट करिब २ लाख ५० हजार आम्दानी तथा २ लाख २५ हजार खर्च हुने आयोजकले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर