newskoseli.Com

स्लोभेनियन आर्टिष्ट योजेसँग नजरावें

जीवन सुन्दर कला हो, ईश्वरको महान अवतार पनि, प्रकृतिको अनुपम सौन्दर्यमा ढुबुल्की मार्ने अवसर हामीले पाएका छौं । यसको सदुपयोग गर्नु हाम्रो कर्तव्य हो । प्रकृति विना हाम्रो अस्तित्व केही रहदैन, र हामी विना प्रकृतिको के अर्थ ? मलाई लाग्छ जीवन भन्नु नै कला हो, कला भन्नु नै प्रकृति, हामी यसका पुजारी मात्र हौ । हामीले प्रकृतिको सौन्दर्यपान गर्न सकेनौ भने हाम्रो के अस्तित्व हुन्छ र ? त्यसैले प्रकृतिको सौन्दर्यपान हामीले गर्न सक्नुपर्छ, र प्रकृतिलाई अझै सुन्दर बनाउँन सक्नुपर्छ, त्यो कलाले मात्र सम्भव छ ।

हामी प्रकृतिमा बाँच्छौं, नेपालमा जति राम्रो प्राकृतिक छटाहरु छन्, त्यो हाम्रोमा पनि छ, संसारको प्रत्येक स्थानहरुको आ–आफ्नै महत्व हुन्छ, भन्ने मलाई लाग्छ । जब म प्रकृतिलाई नियाल्छु, त्यो प्रकृतिले मलाई केही न केही गर्नको लागि प्रोत्साहन दिन्छ । अनि प्रकृतिको सामुन्नेमा केही न केही गरौं जस्तो लाग्छ । त्यसकारण म प्रकृतिको हुबहु चित्र कोर्ने गर्छु । म जुन सुकै काम पनि आत्मै देखि गर्ने गर्छु । अझ आर्टमा त मेरो तन, मन र धन सबै एककृत भएर बनेका हुन्छन् । मलाई लाग्छ जब म नयाँ आर्ट बनाउँन लाग्छु, मैले त्यहाँ प्रकृतिका सम्पूर्ण बिम्बप्रतिबिम्बहरु मेरै वरिपरि घुमिरहेका पाउँछु । मलाई लाग्छ, पेन्टिङमात्र आर्ट होइन, हाम्रो जीवननै एउटा आर्ट हो र प्रकृति एउटा सङ्ग्राहलय ।

1

प्रकृतिको सौन्दर्यलाई देखेर हाम्रो जीवनमा कसरी प्रभावित हुन सक्छौं र यसले हामीलाई कस्तो देखिन्छ यस रहस्यलाई खोतल्न म आर्ट गर्छु । मैले गर्ने प्रत्येक आर्ट प्रकृति र जीवनका एक अनुपम रहस्यहरु हुन्, नङ र मासुको सम्वन्ध जस्तै । इतिहासले छोडेका तर हामीले बिर्सी सकेका हरेक पौराणीक वस्तुहरुलाई मैले आर्टका विषय बनाएको छु, जस्तो तपाई मेरो ग्यालरीमा देख्न सक्नु हुन्छ । त्यसलाई हाम्रो जीवनमा कसरी सदुपयोग गर्न सक्छौं भन्ने कुराहरु मेरो आर्ट मार्फत प्रस्तुति भएका छन् ।

गायन, नृत्य, पेन्टिङ, नाट्य, संगित यी सबै कलाका विधाहरु हुन् । ग्राफिक आर्टलाई लिथोको सहाराले कला प्रस्तुति गर्नु मेरो काम हो । यसमा म नयाँ नयाँ कुराको खोज गरेर सुन्दर आर्ट बनाउँन चाहन्छु । मेरो मूल विधा भनेकै यहि हो । पेन्टिङ त सबैले गर्छन, तर त्यसको गहिराईमा पुगेर नयाँ खोज र प्रयोग गर्दै समाजलाई बताउँन चाहन्छु कि आर्टमा यस्तो पनि हुन्छ है । अध्यारोमा उज्यालो खोजी गर्दै र अध्यारो पनि जीवनको एउटा महत्वपूर्ण पक्ष हो, यसलाई हामीले कसरी सदुपयोग गर्न सक्छौ भन्ने कुरा मेरा आर्टहरुले बोलिरहेका छन् साथै मेरा आर्टहरुमा जीवन बोलिरहेका हुन्छन् र प्रकृति सधैं मुस्कुराएर हाँसिरहेकी हुन्छिन् । र अर्को कुरा आर्ट र म्यूजिकको माध्यमबाट जीवनका सुन्दर क्षणहरुको खोज गर्नु मेरो मुख्य विषयका साथै सौख पनि हो ।

3

लिथोप्रिन्ट आर्ट जो कोहीले गर्न सक्दैन र यो महङ्गो छ । अहिलेका आर्टमा म देख्छु एब्स्ट्रयाकका नाममा ठिङ्गो घरमात्र उभ्याइएका हुन्छन्, हो मेरा आर्टहरुले घरलाई कसरी सजाउँने भन्ने देखाउँछ । हेर्दा सामान्य देखिए पनि यसको गहिराई विसाल अनि जटिल छ । मान्छेले हेर्दा हजारौ वर्ष पुरानो जस्तो देखिन्छ र प्रष्ट पनि हुन्छ । तपाई जे भोग्नु हुन्छ त्यही प्रमाण आर्टमा भेट्नु हुन्छ ।

यो आर्ट बनाउँदा एकदम शान्त हुनुपर्दछ । नेगेटिभ बनाएर पोजेटिभ सोेच्नु पर्दछ, यो एकै पटकमा तयार पनि हुँदैन । पहिले त्यसको स्केच तयार गर्ने, अनि नेगेटिभ तयार गर्ने र त्यसपछि प्रिन्ट गर्ने । निकै लामो प्रोसेस पछि यो तयार हुन्छ । यो आर्ट बनाउँदा ऐनाको अगाडी बसेर स्केज गरिन्छ बनाउँदा उल्टो तर ऐनामा सुल्टो देखिन्छ । शान्त वातावरणमा यी आर्टहरु तयार हुन्छन् । अनि तपाईले देख्न सक्नुहुन्छ कि त्यसको चमत्कार ।

4

आर्ट पढ्नको लागि त उनी कहिल्यै कलेज गएनन्, प्राइभेट इन्सिच्यूूटवाट पनि कलेजको सरहकै प्रमाणपत्र उनको छ । तर उनी स्कुल पढ्दा देखि नै कागजमा पेन्सिलले ड्रइङ्ग गर्ने गर्दथे । भनौं उनलाई सानै देखिको आर्टमा सौख थियो । पेशाले आर्किटेक्चर इन्जिनिर बने पनि उनको सौखलाई आज विश्वले चिन्ने मौका पाएको छ र योजेले कला मार्फत संसार आफ्नै घरमा सजाउँन पाएका छन् । उनलाई लाग्छ अहिले मान्छेहरु एकै चोटी उचाईमा पुग्न चाहन्छन् । स्टेप वाइ स्टेप चढ्न चाहदैनन्, वर्तमानको विकृति भने कै यही हो । मैले पनि देश विदेशका धेरै आर्टिस्टहरुका आर्ट देखेको छु, तर गहिराईमा पुगेका धेरै कम छन् । म विगत ३०/३५ वर्ष देखि आर्ट बनाउँदै छु, तर मलाई लाग्छ हरेक नयाँ आर्ट बनाउँदा म सिकारु केटो हुँ ।

म प्रकृतिको अगाडी नतमस्तक हुन्छु र सोच्दथे प्रकृतिलाई मेरो ह्ृदयमा कसरी सजाऊँ तर अहिले हेर्नुहोस मैले मेरो प्रकृतिलाई मेरै घर भरि सजाएको छु । अहिले म मेरो सुन्दर धर्तीमातालाई सधै मेरो काखमा राखेर निदाउँने गर्दछु र प्रत्येक बिहान यी नै प्रकृतिले मलाई पुलकित बनाएर नयाँ उत्साह भरिदिएको आभाष पाउँछु । अनि मेरो पारिवारीक वातावरण नै रमणीय बन्छ, यो मेरो कलाले नै सम्भव भएको हो । मलाई यो कसैले किनी देला र पैसा कमाउँला भन्ने छैन, तर यी कला अमूल्य छन् ।

उनी भन्छन् भविश्यमा मेरो कुनै खासै योजनाहरु नभए पनि मेरो एउटा थिम छ व्युटी अफ स्लोभेनिया । यो कथा जस्तै हो आर्टमा पनि प्रत्येक स्टेपवाई स्टेप क्रमशः आर्ट बन्दै जान्छ । यसको पूरै कथा एउटा आर्टमार्फत झल्किरहेको हुन्छ । अहिले म यसैको बारेमा अध्ययन गरिरहेको छु ।

2

योजे आर्टिष्टमात्र होइनन संगीतकार, कलाकार, गीतकार पनि हुन् । उनी योस्कोभा व्याण्ड मार्फत् संगीत साधना गरिरहेका छन् । उनकी श्रीमती संगीतकर्मि हुन र छोरी गायिका । उनको घर पूरै संगीत र कलाले भरिएको छ । उनी भन्छन् पहिले संगीतकार भने पछि केटामात्र हुने, गीत गाउँनमात्र केटीहरु हुन्थे । मैले संगीतमा पनि महिलाहरुको सहभागीता हुनु पर्छ भन्ने लागेर महिलाहरुलाई पनि संगीत सिकाएर हाम्रो व्याण्ड मार्फत विभिन्न देशमा सांगीतिक प्रस्तुति गरेका थियौं, हाम्रो कामलाई सबैले प्रशंसा गरे, हामी उत्साहित बन्यौं । र संगीतमा पनि पुराना समाजले विर्सिसकेका यन्त्रहरुलाई हामीले अहिलेको समाजलाई सुम्पेका छौं । यसले परम्पराको जर्गेना गर्नुको साथै नयाँ पिढीलाई केही सिक्ने अवसर मिलेको छ । लोप भै सकेका वाजालाई हामीले हाम्रो व्याण्डमार्फत संरक्षण गरिरहेका छौं । उनका व्याण्डका केही मित्रहरुसँग भेटेर हामी निकै खुशि भएका थियौं ।

विरमानजी र म, योजे र उनकी श्रीमतीले गाएको मिठो गीत सुन्दै  चिया र वाइनसँग नजरावें गर्दे समय वितेको पत्तै भएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर