newskoseli.Com

बिग्रेको मान्छेको भत्केको घर, भुइँचालो आउँदा डरैडर !

Subodh_at_MeriBassaiचर्चित युवा कलाकार सुबोध गौतमको हास्यव्यंग्यात्मक भिडियो श्रृंखलाको नयाँ भाग हालै सार्वजनिक भएको छ । आफ्नो बेजोड मौलिक कलाका साथ राष्ट्रियस्तरका चर्चित राजनीतिक नेताहरूका दुरूस्त क्यारिकेचरलार्इ संयोजन गरेर सुबोधले विभिन्नखाले सामाजिक विकृति–विसंगतिमाथि प्रहार गर्दै आइरहेका छन् ।

कलाका विभिन्न विधामध्ये कमेडी नै बढी लोकप्रिय हुँदै गएको नेपाली समाजमा सुबोधले क्रमशः आफ्नो स्थान र हैसियत बलियो बनाउँदै गइरहेका देखिन्छन् । चर्चित टेलिश्रृंखला मेरी बास्सैमा पनि अभिनय गरिरहेका गौतमले हाँस्ने घर नामक कमेडी श्रृंखला सञ्चालन गरिरहेका छन् । यस भिडियोमार्फत तपार्इंले पछिल्लो श्रृंखला हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर