newskoseli.Com

सर्वनामले १० मिनेट नाटक महोत्सव गर्ने

आफ्नो रंगयात्राको ३४ औं वसन्त पार गरेको सर्वनामले देशब्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ ।

अघिल्लो वर्ष १० मिनेट नाटक मेलाको गरेको सर्वनाम थिएटरले यस वर्ष पनि रङ्गकर्ममा आफ्नो क्षमता र प्रतिभा देखाउन इच्छुक रङगप्रेमीहरुलाई सहि गन्तव्य र माध्यम उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको सर्वनामका अशेष मल्लले बताए ।

बिशेषत नाटक र रंगमञ्च प्रति रुचि भएर पनी अवसरको अभावमा नाटक गर्न नपाएका नयाँ पुस्तालाई रंगमञ्चमा सहभागी गराऔं भन्ने उद्देश्यले यो नाटक मेलाको आयोजना गरिएको मल्लले जानकारी दिए ।

अनुभब र दक्षताका आधारमा नभई लगनशिलता र कल्पनाशिलताका आधारमा बढिमा दश मिनेटको नाटकले प्राथमिकता पाउने छ ।

समूहगत या एकल प्रस्तुती दिन सकिने यस मेलामा सहभागीले रु १० दस्तुर बुझाएर सर्वनाम थिएटरमा नाटक दर्ता गर्न सक्नेछन् ।

जेठको दोस्रो सातामा गरिने भनिएको नाटक मेलामा सहभागी हुन जेठको पहिलो साता नाटक बुझाउनुपर्ने आयोजकले जानकारी दिएको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर