newskoseli.Com

पर्यटन प्रबर्द्धनका लागि संस्था गठन

सुदूरपश्चिमको पर्यटन व्यवसायलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा एक संस्था गठन गरिएको छ ।

पर्यटन विकासमा खासै प्रगति हुन नसकेकाले डोटीमा पर्यटन प्रवद्र्धन गर्नका लागि जिल्लास्थित युवाको भेलाले ‘पर्यटन प्रवद्र्धन समाज नेपाल’ नामक संस्था गठन गरेको हो ।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले लोकराज जोशीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा राजेन्द्रविक्रम शाही, महासचिबमा केशर सिं कठायत, सचिबमा नन्दन सिं कार्की तथा कोषाध्यक्षमा तुलसी साउद चयन भएका छन्  । त्यस्तै, सदस्यहरुमा डिलबहादुर सिंह, भरत बोहरा, खगेन्द्र सिंह र लोकेश अधिकारी रहेका छन् ।

साथै उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष नरेन्द्र खड्काको संयोजकत्बमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरुमा नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मीन बम, समाजसेवी कीर्तिराज पन्त, खेम भण्डारी र पत्रकार रामहरि ओझा रहेकाछन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर