newskoseli.Com

बार्सीलोनाले जित्यो स्पेनिस लिगको उपाधि

स्पेनिस लिग फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । सिजनको अन्तिम खेलमा शनिबार राती ग्रानाडालाई ३-० ले हराँउदै बार्सीलोनाले २४ औं पटक लिग उपाधि जितेको हो ।

रियाल मड्रिडमाथि एक अंकको अग्रता लिएर अन्तिम खेलका लागि ग्रानाडा पुगेको बार्सिलोनाले अन्ततः त्यही एक अंकको अग्रता बनाँउदै लिग जितेको हो ।

शनिबारको खेलमा वार्सीलोनालाई विजयी गराउन लुईस सुवारेजले ह्याट्रिक गरे । अर्को खेलमा डेपोर्टीभो ला कोरुनालाई २-० ले हराएको रियाल मड्रिड दोस्रो भयो भने एथ्लेटिको मड्रिड तेस्रो भयो ।

गत मार्च महिनाको अन्त्यसम्म दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग ९ अंकको अग्रता बनाएको बार्सीलोनाले अप्रिलको सुरुमा लगातार तीन खेल हार्दै एथ्लेटिकोसँग अंक बराबरी गरेको थियो ।

त्यही बेलादेखी बार्सीलोनालाई १ अंकले पछ्याईरहेको रियाल मड्रिडले उसलाई उछिन्ने मौका भने पाएन । त्यसपछिका लगातार ५ खेलमा विजयी हुँदै बार्सीलोनालो साविक उपाधि रक्षा गरेको हो ।

यो समेत वार्सीलोनाले पछिल्लो ८ सिजनमा ६ पटक ला लिगको उपाधि जितेको छ । यो सिजनमा वार्सीलोनालाई उपाधि जिताउन नायक बनेको लुईस सुवारेजले कुल ४० गोल गरेका छन् ।

उनी ला लिगाका यसपटकका सर्वाधिक गोलकर्ता हुन् । बार्सीलोनाले अब स्पेनीस किङ्स कपको फाईनलमा यही जेठ ९ गते आईतवार सेभियासँग खेल्नेछ ।

उता रियाल मड्रिडले भने जेठ १६ गते आईतवार आफ्नै देशको एथ्लेटिको मड्रिडसँग च्याम्पियन्स लिगको फाईनल खेल्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर