newskoseli.Com

पावरहाउको कुलो भत्कँदा ७ सय ५० घर अन्धकारमा

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अन्तर्गत गुदेलमा सञ्चालित बुदुमखोला लघु जलविद्युत आयोजनाको कुलो भत्किँदा त्यस आयोजनाका उपभाेक्ता रहेका ७ सय ५० भन्दा बढि घरधुरी एक सातादेखि अन्धकारमा परेका छन् ।

आयोजना उपभोक्ता समितिका अध्यक्ष सञ्चराम राईका अनुसार आयोजनाको करिव ३० मिटर कुलो भत्किँदा विद्युत् उत्पादन ठप्प भएको हो । अप्ठ्यारो स्थानमा कुलो भत्किएर पहिरो गएका कारण कुलो बनाउन कम्तिमा एक महिना लाग्ने अध्यक्ष राईले जानकारी दिए । एकसय किलोवाट क्षमताको सो आयोजना दुई वर्ष अघिदेखि सुरु भएको हो ।

विद्युत् अवरुद्ध भएपछि बत्ती बाल्न नपाउनुका साथै मोबाइल समेत चार्ज गर्न नपाउँदा सम्पर्क गर्न मुस्किल परेको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले बताए । विद्युत् बन्द हुँदा विद्युतीय मिल, कम्प्युटर कक्षालगायत प्रभावित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर