newskoseli.Com

के गर्दैछिन मनिषा कोइराला ?

कुनै समयकी व्यस्त वलिउड नायिका मनिषा कोइरालासँग सामाजिक संजाल ट्यूटरमा जोडिनु भएको छ भने उनका  घुमघामका तस्विरहरु भेट्नु हुनेछ ।

धेरै शुभचिन्तकहरुले मनिषा के गरिरहेकी छिन भनेर जिज्ञासा राखिरहेको भए उनी यतिबेला प्राकृतिक हराभरा भएका स्थानहरुमा घुमघाममा व्यस्त देखिन्छिन् । घुमघाम र सामाजिक  सेवामा उनको दिनचर्या वित्ने गरेको छ ।

बलिउड फिल्मकी क्वीन भनेर चिनिले मनिषा क्यान्सर रोगलाई जितेपछि यतिबेला विभिन्न स्थानहरुमा घुमेर समय विताइरहेकी छिन् ।

सम्राट उपाध्ययसँग लगनगाँठो कसेकी उनले डिभोर्स भएपछि  स्वस्थ र फूर्तिली रहन घुमघाममा समय विताउन रुचाउँछिन ।

त्यसबाहेक उनी महिला अधिकार सम्बन्धी संघसंस्थामा आबद्ध रहेर सामाजिक सेवामा छिन् । भूकम्प प्रभावितहरुलाई उनले विभिन्न किसिमका सहयोगहरु पनि जुटाइरहेकी छिन् ।

नयाँ जीवन पाएर खुसी उनी साउथ फिल्ममा पनि व्यस्त भएकी छिन् । हालै उनले तारादेवी मन्दिर जाने क्रममा बाटोमा तस्विर खिचेकी थिइन । उनले ट्यूटरमा हाइकिङ गर्न रुचाउने अभिव्यक्ति दिएकी छिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर