newskoseli.Com

नयाँ वर्षको उपलक्ष्यमा निःशुल्क एलर्इडी चिम बाँडियो

पोखरा लेखनाथ महानगरपालिका– २१ स्थित पार्दीखोला युवा क्लबले नव वर्ष– २०७४ का अवसरमा निःशुल्क एलर्इडी चिम वितरण गरेको छ ।

मुलुकले सुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले २५ हजार रूपैयाँका ९७ एलर्इडी चिम निःशुल्क वितरण गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण, पोखराका इलोक्ट्रोनिक इन्जिनियर पवन पौडेलले स्थानीयवासी ज्येष्ठ नागरिक सुन्दर विकलाई एलर्इडी चिम हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै वातावरणमैत्री र खर्च कम हुने एलर्इडी चिम प्रयोगमा जोड दिनुपर्ने बताए ।

गत सालको तिहारमा भैलो–देउसी खेलेर सङ्कलित रकमले फेदीपाटन र पीपलडाली टोल विकास संस्थाअन्तर्गतका १ सय ५ घरमा एक महिनाभित्र पुरानाको सट्टा एलर्इडी चिम जडान गरिसक्ने लक्ष्य रहेको क्लबका अध्यक्ष प्रताप पौडेलले जानकारी दिए ।

उनका अनुसार क्लबको सक्रियतामा १ लाख ८० हजार रूपैयाँको लागतमा पार्दीखोलास्थित दम्सादी झोलुङ्गे पुलको मुखदेखि मास्पाटनसम्मको लगभग २ सय मिटर लम्बार्इको मोटर बाटो समेत मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ ।

पोखरासँग जोडिएर पनि विकास निर्माणमा ओझेलमा परेको सो स्थानमा क्लबले यसअघि निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिकलगायत विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबका सचिव टीकाराम पौडेलले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर