newskoseli.Com

सुरु भयो वन्यजन्तु सप्ताह

हिमाली क्षेत्रको जैविक विविधता संरक्षणमा जागरण ल्याउन शुक्रबारदेखि धुन्चेमा वन्यजन्तु सप्ताह कार्यक्रम सुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार निकुञ्ज क्षेत्रका वन–वनस्पति तथा वन्यजन्तु संरक्षणका लागि समुदायमा चेतना अभिवृद्धि गराउन लाकोस संस्थाको सहयोगमा कार्यक्रम अारम्भ गरिएको हो ।

सात दिनसम्म चल्ने कार्यक्रममा भलिबललगायत विविन्न खेल सञ्चालन गरिनेछ । विशेषगरी चोलाङ्पाटी ठूलो स्याफ्रुका जङ्गलमा बास लिने रातो हाब्रे, लाङ्टाङ क्षेत्रमा पाइने हिमचितुवा, कस्तुरी मृग र घोरल तथा धुन्चे इलाकामा पाइने अस्मिज बाँदर, बाघ, भालु र बँदेल समेतका वन्यजन्तु संरक्षणमा जागरण ल्याउने वन्यजन्तु सप्ताहको प्रमुख उद्देश्य रहेको बताइएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्रमा १ हजार ७ सय १० वर्गकिमी संरक्षित क्षेत्र र ४ सय २० वर्गकिमी मध्यवर्ती क्षेत्र छ । लामो समयदेखि सहयोगी प्रमुख संस्था मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफले समुदायमा आधारित जीविकोपार्जन समेतका कार्यक्रम गर्दै आएकाले निकुञ्जको जैविक विविधता संरक्षणमा थप टेवा पुगेको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर