newskoseli.Com

स्कुल ग्लोरीको ट्यालेन्ट सो सम्पन्न, वैशाख ११ मा ग्र्याण्ड फिनाले

जी इलेभेन नेपालद्वारा आयोजित जुनियर स्कुल ग्लोरी नेपाल र स्कुल ग्लोरी नेपालको राजधानीमा सञ्चालन भैराखेको स्कुल ग्लोरी नेपालका सहभागी छात्र–छात्राहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

राजधानीको नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा २८ स्कुलका जुनियरतर्फ १५ छात्रा, ४ छात्र र सिनियरतर्फका ११ छात्राले आफ्नो प्रतिभा देखाएका छन् ।

वैशाख ११ मा हुने ग्र्याण्ड फिनालेका प्रतियोगी छात्र–छात्राहरुले महत्वपूर्ण राउन्डमा गीत तथा नृत्य प्रस्तुत गरे । सञ्चारकर्मी एमपी सुब्बा, गायिका मेनुका राई, नृत्य कोरियोग्राफर भावना कार्की, युवा समाजसेवी–व्यवसायी मदन खनालले निर्णायकको भूमिका निर्वाह गरे । अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

School Glory2

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर