newskoseli.Com

ह्वीलचेयरमा राखेर बगैंचामा कसलाई घुमाउँदैछन् मोदी ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वीलचेयरमा एक बृद्ध महिलालाई बगैंचामा घुमाएको दृष्यसहितको तस्वीरले सामाजिक संजालमा निकै चर्चा पाएको छ ।

मोदीले ह्वीलचेयरमा राखेर कसलाई डुलाएका होलान् ? कौतुहलता जाग्नु स्वाभाविक हो ।

मोदीले आफ्नी आमालाई ह्वीलचेयरमा राखेर सरकारी आवास घुमाएका हुन् । उनले आफ्नो सरकारी आवासको बगैंचामा आमालाई ह्वीलचेयरमा राखेर डुलाउँदै विभिन्न फुलका बारेमा जानकारी दिइरहेको दृष्य तस्वीरमा देखिन्छ ।

गुजरातमा अर्को छोरासँग बस्दै आएकी हिराबा पहिलो पटक मोदीको सरकारी निवासमा आएकी हुन् । एउटा छोरा प्रधानमन्त्री भए पनि उनी गुजरातमै अर्को छोरासँग बस्दै आएकी छन् ।

बेलाबखत मोदी आमालाई भेट्न गुजरात नै जाने गर्दथे । तर केही दिनअघि भने उनी प्रधानमन्त्रीको सरकारी निवासमै आएर छोरासँग केही समय बिताएकी हुन् ।

मोदीले सामाजिक संजालमा आमासँगको केही तस्वीर सार्वजनिक गरेका छन् । ‘लामो समयपछि आमासँग राम्रो समय बिताउन पाइयो, उहाँ पहिलो पटक ७ आरसीआर (भारतका प्रधानमन्त्री बस्ने सरकारी निवास) आउनु भएको थियो ।’ (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर