newskoseli.Com

लाङ्टाङ खोला पदमार्ग : दुई महिनामै २ लाख ५० हजार आम्दानी

पर्यटकीय क्षेत्रमा भूकम्पपछि लाङ्टाङ खोला पदमार्गमा स्थानीय व्यवसायीले मनग्य आम्दानी लिन थालेका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सहयोग आयोजना, डब्लु डब्लु एफ र हरियो वन कार्यक्रमद्वारा गत वैशाख १२ गते भूकम्पले क्षति पु¥याएको स्याफ्रुबेँसी, वम्पु, रिम्चे क्षेत्रको नदी किनारको साविक पदमार्ग पुनःनिर्माण एवम् मर्मत गरेपछि पर्यटकको आगमन सुरु भएको र ठाउँठाउँमा रहेका होटल, चिया पसल सञ्चालनमा ल्याई व्यवसायीले मनग्य आम्दानी लिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

गत फागुन ९ गतेदेखि सञ्चालनमा आएको बम्वु क्षेत्रको तिब्बत गेस्ट हाउसले दुई महिनाको अवधिमा रु. २ लाख ५० हजार आम्दानी गरेको उक्त गेस्ट हाउसका प्रबन्ध सञ्चालक क्याप छिरिङले बताए । लाङटाङ खोलातीरको पैदल मार्गबाट दिनहुँ सरदर १५ जना पर्यटक ओहोरदोहोर गर्न थालेका छन् ।

स्याफ्रुबेँसी, पहिरो क्षेत्र, तिवारीलगायतका क्षेत्रमा चिया पसल र होटल खोली, सौर्यऊर्जाबाट बत्ती, धारा एवम् शौचालय समेतको व्यवस्था मिलाइ सकिएको बताइएको छ ।

लाङ्टाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष पेम्बा लामाका अनुसार लाङ्टाङ पर्यटकीय पदमार्ग खुलिसकेको र स्याफ्रुबेँसीबाट क्याङजेनसम्म होटल सञ्चालनमा आइसकेका कारण पर्यटकलाई पदमार्गमा खानबस्न समस्या नपर्ने बताउँदै क्याङ्जेनमा ३०० र लाङटाङमा १०० जना बस्ने क्षमताका होटल रहेको जानकारी पनि दिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर