newskoseli.Com

दृष्टिविहीनको क्रिकेट र बहिराको फुटबल…

जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

अमरसिंह माविका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले रघुगङ्गा गाउँपालिका– ३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थी समूहलाई पराजित गरेको छ ।

बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्कीको समूहले १ सय ८३ रनको लक्ष्य लिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको म्याग्दीका दृष्टिविहीनको टोली जम्मा ९२ रनमा समेटिएपछि कास्कीको टोली विजयी भएको हो ।

प्लान नेपालको सहयोग तथा जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपाङ्ग सङ्घले अपाङ्गता भएका बालबालिकाका लागि जिल्लामै पहिलो पटक आयोजना गरेको खेलकुद प्रतियोगितामा दृष्टिविहीनको क्रिकेट प्रतियोगिता समावेश गरेको थियो ।

त्यसैगरी बहिराबीच आयोजित फुटबल प्रतियोगितामा बागलुङस्थित धौलागिरि बहिरा आवासीय मावि बेनी नगरपालिका– ४, सिंगामा रहेको मावि बहिरा स्रोतका विद्यार्थी टोलीलाई ३ का विरुद्ध ६ गोल गर्दै विजयी भएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अपाङ्ग सङ्घ म्याग्दी शाखाका अध्यक्ष गोपाल केसीले संयुक्त रुपमा क्रिकेटमा विजयी कास्कीको दृष्टिविहीनको टोलीलाई नगद ४ हजार रूपैयाँ र फुटबलमा विजयी बागलुङको बहिरा विद्यार्थीको समूहलाई नगद ५ हजार रूपैयाँ सहित पदक र प्रमाणपत्र प्रदान गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर