newskoseli.Com

नृत्य–सङ्गीत प्रशिक्षण कक्षा सुरु

राष्ट्रिय जनसांस्कृतिक महासङ्घले बिहीबारदेखि नृत्य तथा सङ्गीत प्रशिक्षण कक्षा सुरु गरेको छ ।

प्रशिक्षणमा नृत्य तथा सङ्गीतका साथै राजनीतिक प्रशिक्षण समेत प्रदान गरिने महासङ्घका का.वा. महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिएका छन् । महासङ्घले अविरल कविता र सङ्गीत यात्रा पनि सञ्चालन गरिरहेको छ ।

सुरुमा हप्तामा २ दिन बिहान ७ देखि ९ बजेसम्म प्रशिक्षण कक्षा सञ्चालन गरिने जानकारी दिँदै विद्यार्थीको चाप बढ्दै गएपछि अपराह्न २ बजेपछि पुनः अर्को कक्षा सुरु गरिने सोच रहेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर