newskoseli.Com

‘च्युरा–दालमोठले हार्‍यो, मासुभात–बियरले जित्यो’ (भिडियो वार्ता)

Mani Thapa_play_videoमाओवादी नेता मणि थापाले स्थानीय तहको चुनावमा च्युरा र दालमोठले हारेको तथा मासु–भात र बियरले जितेको टिप्पणी गरेका छन् ।

‘हामीले कर्मचारी संयन्त्र र सुरक्षा निकायलाई ब्यालेन्समा राख्न सकेनौं’, बुधबार बिहान आफ्नै निवासमा न्युजकोसेली डटकमलाई भिडियो अन्तर्वार्ता दिँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य थापाले भने– ‘माओवादी सरकारमा हुनु र नहुनुले यस पटकको चुनावलाई फरक पार्न सकेन ।’

‘०६४ को जनमतलाई हामीले संरक्षण र सुदृढ गर्न सकेनौं’, उनले भने– ‘हामीमा जुन वर्गउत्थान भयो, त्यसलाई जनताले रुचाएनन् त्यसैले माओवादी कमजोर भयो र जनमतमा पछि परियो ।’ माओवादी आन्दोलनभित्र थुप्रै कमीकमजोरी र विचलन पैदा भएको स्वीकार्दै उनले भने– ‘हामी कम्युनिस्ट नै होइनौं भने जसरी र सुध्रिनै नसक्ने गरी बिग्रिसकेका चाहिँ होइनौं ।’

पार्टी एकता र ध्रुवीकरण अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने– ‘संगठनात्मक एकता त हुँदै गएको छ तर वैचारिक रुपान्तरण भने बाँकी नै छ र आगामी महाधिवेशनसम्म पुग्दा रुपान्तरण प्रक्रिया पनि एउटा उचाइमा पुग्छ ।’

(विस्तृत जानकारीका लागि हेर्नोस् भिडियो)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर