newskoseli.Com

राजधानीका केही ठाउँमा लोडसेडिङ हुँदै…

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले चाबहिल क्षेत्र सहित राजधानीका विभिन्न क्षेत्रमा शनिबार र अाइतबार विद्युतभार कटौती (लोडसेडिङ) हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युतभार कटौती (लोडसेडिङ) गर्न लागिएको हो । केन्द्रका अनुसार नयाँ चाबहिल सब स्टेसनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वतीनगर लगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घन्टा लोडसेडिङ हुनेछ ।

राजधानीका अन्य क्षेत्रमा समेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्य रुपमा अवरोध आउन सक्ने प्राधिकरणले जनाएको छ । बानेश्वर सबस्टेसनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोबीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शंखमूल क्षेत्र, बानेश्वर–कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घन्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

पुग्दो मात्रामा विद्युत् उपलब्ध भइरहे पनि सबस्टेसनको क्षमता वृद्धि तथा प्रसारण लाइन सुधार गर्नुपर्ने भएकाले लोडसेडिङ गर्नु परेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर