newskoseli.Com

पर्वतारोहण संघमा सन्तवीर लामाको प्यानलै विजयी

नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष पदमा ३ सय ८३ मतका साथ सन्तवीर लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गरे ।

संघको प्रथम उपाध्यक्षमा ३ सय ७० मतका साथ दिवसविक्रम शाह  विजयी भएका छन् भने द्वितीय उपाध्यक्षमा ३ सय ८४ मत प्राप्त गरी माया शेर्पा विजयी भएकी छन् ।

महासचिवमा ३ सय ८१ मत प्राप्त गरी कुलबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा ३ सय ५० मतका साथ टिकाराम गुरुङ र कोषाध्यक्षमा ३ सय ३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी भएको नवनिर्वाचित सदस्य विनय शाक्यले जानकारी दिएका छन् ।

सदस्यमा प्रा.डा. हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भएका छन् ।

शनिबार बिहानदेखि अपराह्न ४ः२० सम्म भएको निर्वाचनको मतपरिणाम अाइतबार बिहान १ बजे सार्वजनिक भएको थियो । १ हजार ३९ मतदाता रहेकामा ७ सय ६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ जना निर्वाचित भएका छन् ।

तीनवर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट ५ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने ३ सदस्य नोमिनेसनबाट चुनिनेछन् । पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर