newskoseli.Com

सम्मानित भए पत्रकार गीता र समाजसेवी आशा

नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजलाई महत्वपूर्ण योगदान दिएको भन्दै मञ्चले सम्मान गरेको हो ।

राजधानीस्थित संवाद डबलीमा शनिबार सम्पन्न कार्यक्रममा सम्मान गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले अधिकारी र सुब्बाको कामले अरुलाई प्रेरणा प्रदान गरेको बताइन् ।

कार्यक्रममै समाजसेवी वषन्त थेबे लिम्बु र चलचित्र निर्मात्री शान्ता बखिम थेबेद्वारा सञ्चालित हेल्पलेस बालआश्रमलाई मञ्चले ४० थान टिसर्ट तथा पढ्ने डेस्क प्रदान गरियो । कार्यक्रममा मञ्चका अध्यक्ष दिनेशा लिङ्देनद्वारा निर्देशन गरिने चलचित्र ‘शान्ति’ को शुभसाइत पनि गरियो ।

कलाकारहरु सुदिता लिङ्देन, सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, संजिब थेबे लिम्बु, अजय खडका आदिको मुख्य भूमिका रहने चलचित्रको छायांकन यसै हप्तादेखि गरिने निर्मात्री शान्ता बखिम थेबेले जानकारी दिएकी दिइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर