newskoseli.Com

‘नेपाल आइडल’ को भोट गणना नगर्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को भोट गणना भदौ २३ सम्म नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विभाकर भट्टको एकल इजलासले नेपाल आइडलको भोट गणना नगर्न बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिएका छन् । उनका अनुसार दुवै पक्षलाई छलफलका लागि २३ गते बोलाइएको छ ।

चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले रिट निवेदन दायर गरेका थिए । अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी आयोजकले गराएको थियो ।

आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गरिएको थियो । राति ८ः४५ देखि १२ बजेसम्म भोटिङका लागि समय खुला गरिएको थियो । सो अवधिमा ३७ लाख भोट आए पनि त्यसको आधारमा १६ गतेको प्रस्तुतिमा कसैलाई आउट गरिएको थिएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर