newskoseli.Com

कार दुर्घटनामा परिन् बलिउड अभिनेत्री विद्या बालन !

बलिउड अभिनेत्री विद्या बालन कार दुर्घटनामा परेकी छन्। यसअघि उनले फिल्म ‘तुम्हारी सुलु’ को सुटिङ सेटमा उपस्थिति नजनाएको खबर सार्वजनिक भएको थियो । तर, कारण भने उल्लेख गरिएको थिएन।

बलिउड हंगामाका अनुसार दुर्घटनामा परेको कारण उनी सेटमा जान नसकेकी हुन् ।  मुम्बईबाट बान्द्रा जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो। उनी सवार गाडीलाई पछाडिबाट अर्को सवारीले ठक्कर दिएको हो। विद्यालाई गहिरो चोट नलागेको भएपनि उनको गाडी क्षतिग्रस्त छ ।

नयाँ भेन्चर ‘तुम्हारी सुलु’मा उनी रेडियो जक्कीको रुपमा प्रस्तुत हुँदैछिन् । सुरेश त्रिवेनिल्तको निर्देशन रहने फिल्मको आउँदो डिसेम्बर १ मा रिलिज टार्गेट रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर