newskoseli.Com

क्रिकेट : हङकङसँग हार्दा विश्वकपको सपनामा धक्का…

हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । जितका लागि नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल ३४.५ ओभरमा १ सय ११ रन मात्रैमा समेटिन पुग्यो ।

लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ जम्न सकेन, केही खेलाडीहरुले राम्रो सुरुआत गरे पनि ठूलो स्कोरमा बदल्न सकेनन् । ओपनर सागर पुनलाई ३ रन मात्रैमा गुमाउनु परेपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले सम्हाल्न खोजे । तर, २१ रन बनाएर मल्ल अजिज खानको बलमा आउट हुन पुगे ।

दिपेन्द्रसिंह ऐरी पनि लगत्तै आउट भएपछि पारस खड्काले आरिफ शेखसँग नेपालको स्कोरबोर्ड त अघि बढाए तर १८औं ओभरमा पारस आउट भएपछि ६९ रनको स्थितिमा ४ विकेट गुमाएको नेपालले विजय चुम्न सकेन । विनोद भण्डारीले अन्त्यतिर आक्रमक खेल प्रस्तुत गर्दै १ छक्का र २ चौकाको मद्धतले १८ रन बनाए । तर, त्यो विजयका निम्ति पर्याप्त भएन ।

हङकङस्थित मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो । नेपालले सुरुआत पनि निकै नै उत्कृष्ट गर्‍यो ।

HK_Cricket

३.४ ओभरमा हङकङलाई खाता खोल्नै नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको बाटो देखाए । त्यसपछि १०औं ओभरमा बबर हायात आउट भएपछि हङकङ दबाबमा परेको थियो । ओपनर जेम्स जोन एटकिन्सनले एकतर्फबाट सम्हाले पनि अर्कोतर्फ निरन्तर रुपमा विकेट खस्दै गए ।

सन्दीप लामिछानेले १० ओभरमा १ मेडेन राख्दै ४८ रन खर्चेर ३ विकेट लिए । बसन्त रेग्मीले १० ओभरमा २ मेडेनसहित ३३ रन खर्चेर २ विकेट लिए । सुसनले ७६ रन बनाएका एटकिन्सनलाई आउट गरेपछि ४०.४ ओभरमा हङकङ ८ विकेट गुमाएर १ सय ४४ रनको स्थितिमा थियो ।

अन्त्यतिर तन्विर अफजाल र इसान नवाज मिलेर हङकङको पारी सम्हाले । करन केसीको बलमा क्याच आउट हुन अघि अफजालले ३ छक्का र ३ चौकासहित आक्रमक ३८ रन बनाए । केसीले २ विकेट लिए । हङकङले ४९.५ ओभरमा अलाउट हुँदै १ सय ९४ रन बनायो ।

विश्वकप छनौटमा खेल्न ८ वटा टोली प्रतिस्पर्धारत छन् । शीर्ष ४ टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् । हालसम्म १० खेल खेलेको नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । ११ खेलमध्ये नेपालले ५ मा जित र ६ मा हार व्यर्नु परेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर