newskoseli.Com

यसो भन्छन् वाम गठबन्धनका उम्मेदवार कैलाश ढुंगेल (भिडियोवार्ता)

(भिडियोमा हेर्नोस् पूरा अन्तर्वार्ता)

रामेछाप जिल्लाबाट प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका कैलाशप्रसाद ढुंगेल एमालेका पाका नेता हुन् ।

वि.सं. २०१६ अजोज २५ मा पकरबासमा जन्मेका ढुंगेलले २०३५ देखि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । बीएस्सी, बीएड, एमएसम्मको शिक्षा हासिल गरेका ढुंगेलले २०३८ देखि पार्टीगत जिम्मेवारी सम्हाल्दै आएका छन् ।

इन्द्रप्रसाद–इन्द्रमाया ढुंगेलका ५ छोरामध्येका कान्छा हुन् कैलाश । युवा र विद्यार्थी संगठनको केन्द्रीय भूमिका निर्वाह गरेका ढुंगेलले ०४८ देखि लामो समयसम्म जिल्ला पार्टीको नेतृत्व सम्हाले । राजनीतिक जिम्मेवारीको सिलसिलामा उनले गृहजिल्लाका अतिरिक्त राजधानी र मोरङमा रहेर समेत काम गरे ।

दायाँबाट क्रमशः रामेछाप (क) का उम्मेदवार शान्तिप्रसाद पौडेल र रामेछाप (ख) का उम्मेदवार कैलाशप्रसाद ढुंगेल । दुवै वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार हुन् भने प्रतिनिधसभामा चाहिँ माओवादी केन्द्रका तर्फबाट श्यामकुमार श्रेष्ठ ‘कुशल’ उम्मेदवार छन् ।

०४८ मा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका ढुंगेलले वाम तालमेलका क्रममा तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कमलप्रसाद चौलागाईं समर्थन गर्दै फिर्ता लिए । ०५१ मा फेरि उम्मेदवारी दिएका कैलाश फेरि अमिक शेरचनलाई समर्थन गर्दै पछि हटे । ०६४ र ०७० मा पनि उनले उम्मेदवारी दिए । ०५४ मा उनी जिल्ला विकास समितिको सभापति भए ।

पहिलो चरणअन्तर्गत मंसिर १० मा हुने चुनावका लागि उम्मेदवारी दर्ता, दावी विरोध, फिर्ताको प्रक्रिया र अन्तिम नामावली प्रकाशनपछि चुनाव चिह्नको प्रदान सकिनासाथ ढुंगेल राजधानीमा भेटिए । उम्मेदवारीको प्रक्रिया सकिए तापनि आफ्नै पार्टीभित्रका असन्तुष्टहरुको व्यवस्थापन, वाम गठबन्धनमा आबद्ध सहयात्री दल नेकपा (माओवादी केन्द्र) सँग सहज सहकार्यको वातावरण सिर्जना र अन्य प्राविधिक एवं व्यवस्थापकीय कामको चटारोकै बीच बिहीबार उनी न्युजकोसेली डटकमसँग अन्तर्वार्ताका लागि तयार भए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर