newskoseli.Com

‘आर्थिक समृद्धि नै हाम्रो चुनावी एजेन्डा हो’ (भिडियो–वार्ता)

आफूलाई वैकल्पिक राजनीतिक शक्ति दावी गर्ने नयाँ शक्ति पार्टी नेपाल पनि केही क्षेत्रमा प्रतिनिधिसभा र अझ धेरै क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु खडा गरेर चुनावी मैदानमा होमिएको छ ।

पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने निर्वाचनका लागि कात्तिक ५ गते रामेछापमा मनोनयनपत्र दर्ता गराई चुनावी अभियानमा लागेका नयाँ शक्ति पार्टीका प्रतिनिधिसभा उम्मेदवार कोमलबहादुर थापा मगरसँग न्युजकोसेली डटकमका लागि विदुरप्रसाद ढुंगेलले छोटो वार्तालाप गरेका छन् ।

अहिले सबैजसो पार्टीले अघि सारेको आर्थिक विकास र समृद्धिको नारा सबैभन्दा पहिले नयाँ शक्तिले उठाएको मगरको दावी छ । नेपालको वर्तमान सन्दर्भमा आर्थिक विकास र समृद्धिविना राष्ट्र र जनताको समग्र विकास हुन नसक्ने उनको भनाइ छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा नयाँ शक्ति पार्टीको मुख्य चुनावी एजेन्डा नै आर्थिक विकास र समृद्धि भएको उनी दावी गर्छन् । यसै कारण आसन्न चुनावमा जनताले आफूलार्इ मतदान गर्ने विश्वास उनले लिएका छन् । (भिडियोमा हेर्नोस् अन्तर्वार्ताको पूरा विवरण)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर