newskoseli.Com

‘पार्टीले उठाएको विकास र आर्थिक समृद्धि नै मेरो पनि एजेन्डा’

धनमान थोकर नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रामेछाप (ख) मा प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।

‘नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन करिव–करिव पूरा भइसकेकाले अबको मुख्य एजेन्डा आर्थिक विकास र समृद्धि हो’, न्युजकोसेली डटकमका लागि बिहीबार बिहान विदुर ढुंगेललाई अन्तर्वार्ता दिँदै थोकरले भने– ‘त्यसैले हाम्रो पार्टीका तर्फबाट देशभर उम्मेदवारी दिएका सबैको मूल मुद्धा आर्थिक विकास र समृद्धि नै हो र यो चुनावमा मेरो एजेन्डा पनि त्यही नै हो ।’

खाँडादेवी गाउँपालिका– ८, रामेछापका स्थायी वासिन्दा हुन् थोकर । यसअघि विभिन्न चुनावबाट निर्वाचित भएका पुराना सबै दल र उम्मेदवारहरु जनताबाट परीक्षित भइसकेको भन्दै जनताले यस पटक नयाँ विचार, मान्यता, कार्यशैली र विधिको खोजीका कारण आफैंलाई मतदान गरेर विजयी बनाउने दावी गरेका छन् ।

(भिडियोमा हेर्नोस् धनमान थोकरसँगको कुराकानी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर