newskoseli.Com

‘सबै अभियन्ता उम्मेदवार, सबै उम्मेदवार अभियन्ता’… (भिडियो)

सुनापति– ३, हिलेदेवी, रामेछापका रविन्द्र थिङ बौद्धिक युवानेताका रुपमा चिनिन्छन् । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी सदस्य थिङ सो पार्टीको ३ नं. प्रदेश कार्यालय व्यवस्थापन तथा अनुगमन विभागका प्रमुख हुन् । नयाँ शक्तिको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार रहेका रविन्द्रले नयाँ शक्तिको नीति निर्माण तहमा समेत योगदान पुर्‍याउँदै आएका छन् ।

०७३ जेठ ३० मा हजारौं संस्थापकहरुले सामूहिक सपथ ग्रहण गर्दै जन्म भएको नयाँ शक्ति पार्टी ३ असोज, २०७२ मा नेपालको संविधानसभाले संविधान जारी गरेसँगै लोकतान्त्रिक आन्दोलनको एउटा युग अन्त्य भई नेपाल अब नयाँ युगमा प्रवेश गरेको मान्यता राख्दछ । ‘नयाँ युगको कार्यभार पूरा गर्न एउटा विल्कुलै नयाँ र वैकल्पिक धारको दलको आवश्यकता अनुभूत गरी पार्टी स्थापना गरिएको’ हालै जारीत्यस पार्टीको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रतिबद्धतापत्रमा उल्लेख छ ।

त्यस पार्टीका एक नेता रविन्द्र थिङ हालसम्म नेपालमा अभ्यास हुँदै आएको अन्तर्विरोध केलाउने विधि र प्रक्रियामै त्रुटि भएको बताउँछन् । यस पटकको चुनावमा सबै अभियन्ता उम्मेदवार र सबै उम्मेदवार अभियन्ता भएको उनी बताउँछन् । यसै सेरोफेरोमा केन्द्रित रहेर न्युजकोसेली सहकर्मी विदुर ढुंगेललेसँग उनीसँग संक्षिप्त वार्तालाप गरे ।

(भिडियोमा हेर्नोस् थिङसँग गरिएको कुराकानी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर