newskoseli.Com

के भन्छन् वैद्य माओवादीका प्रदेशसभा उम्मेदवार ? (भिडियो)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लियो । त्यसपछि आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा समेत उक्त पार्टी सहभागी हुँदैछ ।

विगतमा दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको सो पार्टीले वरिष्ठ नेता सीपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरी सोही मोर्चालाई निर्वाचन आयोगमा दर्ता गराएर त्यसैमार्फत चुनावमा भाग लिएको हो । पार्टीको समर्थन र मोर्चाको सहभागितामा वैद्य माओवादीले देशका कतिपय क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार खडा गरेको छ भने कयौं क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु अघि सारेको छ ।

३ नं. प्रदेशअन्तर्गत रामेछाप (ख) बाट वैद्य माओवादीका उम्मेदवार बनेका छन् दोरम्बा गाउँपालिकाका जितबहादुर दाहाल (जितेन्द्र) । उम्मेदवारीबारे टुंगो लागिसकेपछि पार्टीले अकस्मात अर्कैलाई उम्मेदवार बनाइदिएपछि ‘बागी’ उम्मेदवारी दिएका हुन् दाहालले । तर, चुनाव आउनै लाग्दा ती उम्मेदवार माओवादी केन्द्रतिर लागिदिए । त्यसपछि उनै ‘बागी’ दाहाललाई ‘आधिकारिक’ तोकिदिए मोर्चाका अध्यक्ष गजुरेलले ।

साविक लखनपुर– १ मा १० फागुन, २०३८ मा जन्मेका शिवबहादुर–देवमायाका ४ छोरा र १ छोरीमध्येका जेठा दाहालले राजनीतिशास्त्र र गणित विषय लिई स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । २०५१ देखि नै माओवादी आन्दोलनमा क्रियाशील रहँदै आएका दाहालसँग गरिएको संक्षिप्त कुराकानी हेर्नोस् भिडियोमा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर