newskoseli.Com

काभ्रे– १ (क) का उम्मेदवार रत्न ढकालका यस्ता छन् प्रतिबद्धता… (भिडियो अन्तर्वार्ता)

काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार रत्न ढकाल नेपाली वाम राजनीतिको एउटा सुपरिचित नाम हो ।

ढकालले नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का विभिन्न तह पार गर्दै केन्द्रीय अध्यक्ष समेतको भूमिका निर्वाह गरिसकेका छन् । युवा माओवादी नेता रत्न ढकाल अहिले एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको दोस्रो चरणअन्तर्गत मंसिर २१ मा चुनाव हुने भएको छ । यसै सिलसिलामा न्युजकोसेली सहकर्मी कुमारप्रसाद चौलागाईंले उम्मेदवार ढकालसँग उनका चुनावी प्रतिबद्धता, त्यस क्षेत्रका विकास निर्माणसम्बन्धी योजना र समसामयिक राजनीतिबारे कुराकानी गरेका छन् ।

(भिडियोमा हेर्नोस् रत्न ढकालसँगको अन्तर्वार्ता)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर