newskoseli.Com

वाम गठबन्धनका माधवकुमार नेपाललाई ३५ वर्षे युवाको ‘चुनौती’ ! (भिडियो)

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौं– २ को चुनावी मैदानमा छन् ।

०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता झक्कुप्रसाद सुवेदीसँग यसै क्षेत्रमा पराजित नेता नेपालले काठमाडौं– २ बाटै यसअघि ३ पटक निर्वाचन जितिसकेका छन् । उनै माधवकुमार नेपाललाई ‘चुनौती’ दिन यस पटक ३५ वर्षे युवा समेत चुनावी मैदानमा उत्रेका छन् ।

गोठाटार, काठमाडौंका रैथाने युवा श्रीहरि चापागाईं एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का तर्फबाट वाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाललाई ‘चुनौती’ दिने भन्दै चुनावमा होमिएका हुन् । यसअघि राजनीतिक मैदानमा खासै नाम नसुनिएका चापाईं किन माधवकुमार नेपालसँग प्रतिद्वन्द्विता गर्दै चुनावमा होमिए ? अनि राष्ट्रिय राजनीतिका हस्तीसँग आफ्नो हैसियत कस्तो प्रमाणित हुने अपेक्षामा छन् उनी ?

यिनै जिज्ञासाहरुका साथ न्युजकोसेलीका लागि पुनम ढकालले गरेको कुराकानीको भिडियो रेकर्ड हामीले यहाँ प्रस्तुत गरेका छौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर