newskoseli.Com

३१ महिनापछि बरम्ची आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

२०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ ।

खोलामा पानी घटेको कारण हाल १ दशमलव ८ देखि २ मेगावाट विद्युत उत्पादन भर्इ लामोसाँघुस्थित सब–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम. थापाले जानकारी दिए ।

निजी क्षत्रको युनिक हाइडेल प्रा.लि. द्वारा निर्माण भएको सो आयोजना ४ दशमलव २ मेगावाट क्षमताको छ । जुगल गाउँपालिका अन्तर्गत साविक बरम्ची गाविसस्थित बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त सो आयोजनालाई मर्मत गरी २०७३ साउन ४ मा सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले ३ दिनपछि आयोजनालगायत सर्वसाधारणको कयौं रोपनी जग्गाजमिन समेत पुरेको थियो ।

भूगर्भविदका अनुसार पेनस्टक पाइप राखिएको स्थान कमजोर भूभाग भएका कारण करिव २ सय ५० मिटर सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्ने सोचार्इ भइरहेको आयोजना प्रमुख थापाले बताए । लामो समयसम्म आयोजना बन्द भई पटकपटक मर्मत गर्नुपर्दा आयोजनाले करोडौं घाटा बेहार्नुपरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर