newskoseli.Com

मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ, वाम सरकार बनेपछि खेलकुद क्षेत्रको विकास : नेम्बाङ

राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीचमदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ गरियो । कार्यक्रम नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रमलार्इ सम्बोधन गर्दै नेता नेम्बाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौं स्थापना दिवसका अवसरमा सोमबार मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ समारोहमा उनले राष्ट्रलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकास गर्नुपर्ने र जनस्तरबाट भएका पहलमा सहयोग पुर्‍याउनुपर्ने बताए ।

नेता नेम्वाङले तीन पटक ब्याटिङ गरेर मदन भण्डारी क्रिकेट एकेडेमीको खेलको शुभारम्भ गरे । एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले उनलार्इ क्रिकेट पोशाक समेत प्रदान गरे । क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको सुरुआत गरिएको श्रेष्ठले बताए ।

सो अवसरमा हेल्पिङ ह्याण्ड अस्पतालका अध्यक्ष गुप्तबहादुर श्रेष्ठ र एकेडेमीका अध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सम्झौता समेत गरे । सम्झौतानुसार खेलाडीलाई उक्त अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिइनेछ ।

कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर