newskoseli.Com

यस्तो छ साहस र सन्तोषले पाएको ‘चोट’ (भिडियो सहित)

सञ्चार क्षेत्रमा क्रियाशील एवं लोकप्रिय सर्जक साहस भट्टको लयमा माया–प्रेमको भाव समेटिएको श्रब्य–दृश्य गीतिकोसेली ‘चोट’ बजारमा आएको छ ।

एसएनबी म्युजिक प्रालिले भर्खरै बजारमा उपलब्ध गराएको यस प्रस्तुतिअघि पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयोलगायतका थुप्रै गीतहरुमा भट्टले आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

यस गीतको शब्दरचना गीत–संगीतमै जीवन समर्पण गरेका सर्जक सन्तोष बानियाँले गरेका छन् । नभुल्नेलाई भुल्न सक्ने, अन्तिम सन्देश, रुन्छु धर्केरलगायतका गीतहरुबाट आफूलार्इ स्थापित गरिसकेका राजु वर्देवाले यस गीतको थेगो तयार पारेका हुन् ।

कुलेन्द्र विश्वकर्मा र सीमा चन्दद्वारा स्वरबद्ध यस गीतको म्युजिक भिडियोमा नवमोडल विश्व राईले अभिनय गरेका छन् । सारिका केसीको समेत अभिनय यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

विक्रम चौहानद्वारा निर्देशित यस भिडियोको छायांकन प्रकाश खड्काले र सम्पादन राजेशकुमारले गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर