newskoseli.Com

काभ्रेपलाञ्चाेककाे नमोबुद्धमा चहलपहल बढ्दै

 

 काभ्रेपलाञ्चोकको नमोबद्धमा पनि आज गौतमबुद्ध जयन्तीको अवसरमा चहलपहल बढेको छ ।

भगवान् गौतमबुद्धको पूर्व जन्म भएको स्थानले परिचित नमोबुद्धलाई झन्डा र तोरणले सजाउने काम भइरहेको छ । नमोबुद्ध पर्यटन विकास उपभोक्ता समितिका सचिव कार्साङ लामाले जानकारी दिए ।

यहाँ विश्व शान्तिका लागि बुद्धको पूजाआजा गरिनुका साथै र्‍याली निकाल्ने तयारी भएको उल्लेख गर्दै चीन र तिब्बतबाट समेत बौद्धधर्मावलम्बी नमोबुद्धमा आएको बताए ।

पानचाल देशका तत्कालीन राजकुमार माहासत्तोले वन विहारका क्रममा खान नपाएका पाँच डम्बरु (बगिनी) देखेको र खान नपाएर छट्पटाएका उनीहरुलाई आफ्नो शरीरको रगत खुवाएपछि जीवननै दान गरेकाले नमोबुद्धको महिमा रहेको लामाले उल्लेखगरे ।

त्यस्तै आज बुद्धजयन्तीका अवसरमा बनेपामा पनि बुद्धधर्मावलम्बीले प्रभावफेरी गरेका छन् । बुद्ध प्रतिभाको बनेपा नगर परिक्रममा गरी भगवान् गौतमबुद्धको प्रवचनसमेत भएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर