newskoseli.Com

ओमविक्रमको सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ छन् । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई केही रकम सहयोग गर्ने अभिप्रायले इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको वासिङ्टन डीसीबाट दीपक शर्माले जानकारी दिए ।

‘सहयोगमा एकजुट’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कार्यक्रममा गायक विष्ट स्वयं उपस्थित हुने र संकलित रकम कार्यक्रममै उनलाई हस्तान्तरण गरिने बताइएको छ । कार्यक्रममा कलाकार सरोज खनाल, रीमा विश्वकर्मा, निशा अधिकारी, शिवहरि पौडेल, किरणप्रताप केसीलगायतले आ–आफ्नो कला प्रस्तुत गर्नेछन् ।

वि.सं. २०२० को दशकबाट सांगीतिक यात्रा आरम्भ गरेका विष्टले पप, आधुनिक, राष्ट्रिय, लोकगीत र भजन गरी २ सयभन्दा धेरै गीतमा स्वर दिएका छन् । विष्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले यसअघि पनि अमेरिकाका विभिन्न सहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर