newskoseli.Com

बिहारमा गुट्खा र पान मसला प्रतिबन्ध

भारतको बिहारमा गुट्खा र पान मसलामासमेत प्रतिबन्ध लगाइएको छ । शनिबार देखि एक वर्षको लागि गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

राज्य सरकारले जारी गरेको आदेशमा गुट्खा र पान मसला बनाउने, बेच्ने र एक ठाउँबाट अर्को ठाउँमा लाने, देखाउने र संकलन गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

अब गुट्खा र पान मसला बिक्री रोक्नका लागि जाँच र छाप मार्नको लागि खाद्य विभागका अधिकारीले निर्देशन दिएका छन् ।

गएको १ अप्रिलमा जाँडरक्सी बिक्रीमा रोक लगाइएको बिहारमा गुट्खा र पान मसलामा पनि रोक लगाइएको हो । दिल्लीमा पनि गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको छ ।

सीमावर्ती भारतीय राज्यमा यस्तो प्रतिबन्ध लगाइएपनि नेपालमा भने रक्सी, चुरोट र गूट्खाको व्यापार, ओसारपसार र सेवनमा अन्धाधुन्ध खुला गरिएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर