newskoseli.Com

घोषित भए डीपीएल क्रिकेटका रणनीतिक खेलाडी…

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीका रणनीतिक खेलाडीको घोषणा गरेको छ ।

धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीका रणनीतिक खेलाडीको घोषणा गरिएको हो ।

धनगढीस्थित अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ देखि वैशाख १ सम्म चल्ने प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवार्इसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

घोषित रणनीतिक खेलाडीहरूमा पहिलोपटक डीपीएल खेल्न लागेको महेन्द्रनगरका रणनीतिक खेलाडी विनोद भण्डारी छन् । चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एेरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन् ।

प्रतियोगिताका विजेताले २५ लाख रूपैयाँ तथा उपविजेताले १० लाख रूपैयाँ पाउनेछन् । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले ३ लाख र चौथो हुनेले २ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले १० हजार रूपैयाँ र म्यान अफ द सिरिज हुनेले टीभीएस अपाचे १ सय ८० सिसीको मोटरसाइकल पाउनेछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउनेछन् ।

यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकाससँगै क्रिकेट खेलको विकासमा सघाउ पुग्ने विचार राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले व्यक्त गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर