newskoseli.Com

नीर शाहको अभिनयमा बन्दै चलचित्र ‘रानीमहल’…

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ ।

स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी–प्रेमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगबारे सन्देश दिन खोजिएको छ ।

वरिष्ठ कलाकार नीर शाह, शेष राणा, प्रशान्त ताम्राकार तथा नयाँ कलाकार आशिष अधिकारी, सहिल श्रेष्ठ, मानषवी खरेल, वर्षा सिवाकोटीलगायतकाे अभिनयमा चलचित्र तयार हुनेछ ।

वेदप्रसाद भुसाल निर्माता रहेको सो चलचित्रको पटकथा दीपक पौडेलले तयार पारेका हुन् भने हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा स्वस्तिक फिल्मस्का अध्यक्ष सुन्दर भुसालले नेपाली मौलिकतामा बनाइने उक्त चलचित्रले प्रेमकथाका साथै प्रेमको प्रतीकका रुपमा रहेको पाल्पास्थित रानीमहलको ऐतिहासिक पक्षलाई उजागर गर्ने बताए ।

करिव एक सातापछि पाल्पा, बुटवल, पोखरा, भैरहवा र काठमाडौंमा दृष्यांकन गरी दुई महिनामा निर्माण सम्पन्न गरिने चलचित्र ‘हेलियम ८ के’ नामक क्यामराबाट छायांकन गरिनेछ । हलिउडमा प्रयोग हुँदै आएका क्यामरा तथा प्रविधिलाई पहिलो पटक नेपाली चलचित्रमा भित्र्याउन लागिएको आयोजकले बताए ।

करिव १ करोड ५० लाख रूपैयाँको लागतमा चलचित्रकाे निर्माण पूरा हुने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर