
‘लाखौं सपना’ शीर्षक गीतको जीवन खत्री र प्रतीक्षा खड्का अभिनीत म्युजिक भिडियो हालै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
गायक सन्तोष प्रगतको स्वर तथा संगीतमा सजिएको ‘लाखौं सपना’ को शब्दरचना डीएनडी तामाङले गरेका हुन् ।
प्रतिभाशाली मोडल जीवन खत्री, प्रतीक्षा खड्का र रोजको जोडदार अभिनय रहेको भिडियोलाई अनिश लामाले निर्देशन गरेका हुन् । मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।