newskoseli.Com

कोही चिनेर लाउँछन् माया, कोही किनेर लाउँछन् माया (भिडियो)

परदेशमा रहेर पनि घरदेसको कला, साहित्य र संगीतको उत्थानमा सक्रिय नेपाली कमै मात्रामा भेटिन्छन् ।

जापानजस्तो व्यस्त देशमा रहेर पनि अनिल भुसाल, अनिलकुमार निर्दोष, विमल जीएम, मखन श्रीस, मिस टाइगर, रन्जु घलेलगायतको समूहले हालै युट्युबमार्फत ‘कोही लुकेर लाउँछन् माया’ बोलको गीतमा म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

शालिक सापकोटाको शब्दरचना र संगीत तथा हेमन्त शिशिरको आवाजमा रहेको उक्त गीतको भिडियो जापानको सेन्दाइस्थित विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ । जापानको विशेष दृष्‍य देख्न पाइने भिडियोको छायांकन र निर्देशन लाई अनिल भुसालले गरेका हुन् ।

शारीरिक र मानसिक रुपमा फरक क्षमता भएका मानिसहरुमा पनि साधारण मान्छेमा जस्तै मन र रहर हुन्छन् भन्ने विषय प्रस्तुत गरिएको यस भिडियोमा अनिल भुसाल, अनिलकुमार निर्दोष, विमल जीएम, मखन श्रीस, मिस टाइगर, रन्जु घलेलगायतको अभिनय रहेको छ ।

अनिलकुमार निर्दोषले इडिटिङ गरेको यस भिडियोअघि पनि यसै समूहले यो ‘शहर’ हो बोलको गीतको भिडियो र ‘दिव्यदृष्‍टि’ नामक सर्ट मुभी समेत सार्वजनिक गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर