newskoseli.Com

पोखरामा सुरु भयो ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’…

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा ४ दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको छ । महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट ३ सय चलचित्र प्राप्त भएकामा तीमध्ये ५० वटा चलचित्रलाई प्रदर्शनका लागि छनोट गरिएको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले बताए ।

महोत्सवको उदघाटन समारोहमा बाेल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले चलचित्रले समाजको चित्रण गर्ने बताए । चलचित्रको छायांकनका लागि पोखरा अत्यन्त उर्वरभूमि भएको बताउदै निर्माता तथा कलाकारको रोजाइमा यो ठाउँ पर्ने गरेको उनले उल्लेख गरे ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले पोखराको गरिमालाई उचो बनाएको महोत्सवको स्थानीय संयोजक तीर्थ श्रेष्ठले बताए । २०१३ यता पोखरामा चलचित्रको छायांकन तथा विकास भएको बताउदै भारतीय कलाकार देवआनन्दजस्ता अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारले पोखरामा चलचित्रको छायांकन गरेको उनले स्मरण गराए ।

प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरामा प्रकृतिकै मनोरम स्थल रहेको भन्दै यहाँ चलचित्र विकासको पर्याप्त सम्भावना रहेको बताए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले चलचित्र जीवन–जगतको चित्रण गर्ने महत्त्वपूर्ण माध्यम भए पनि यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासाे गरे ।

महोत्सवका निर्देशक मनोज पण्डितले चलचित्र समाज, शिक्षा र राजनीति सबै भएको बताउँदै यसको विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर