newskoseli.Com

बार्यनले जित्यो जर्मन कपको उपाधि, डर्टमुन्ड पेनाल्टीमा चुक्यो

बोरुसिया डर्टमुन्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्यन म्युनिखले जर्मन कपको उपाधि जितेको छ ।

यससँगै घरेलु दुई उपाधिका साथ प्रशिक्षक पेप ग्वार्डिओलाले बार्यन म्युनिखबाट सुखद विदा लिएका छन् । अर्को सिजन उनी इंग्लिस क्लब म्यानचेष्टर सिटी आउनेछन् ।

शनिबार राति भएको खेलमा बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई पेनाल्टीमा ४-३ ले हराएको हो । निर्धारित समयको खेल गोलरसहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।Bayern-Munich

निर्धारित समयको खेलमा डर्टमुन्डका टप स्कोरर ओबामुयाङले गोल गर्ने राम्रो मौका पाएका थिए ।

अतिरिक्त समयमा पनि गोल भएन । बार्यन म्युनिखका रोबर्ट लेभान्डोस्कीको प्रहार डर्टमुन्डका गोलकिपरले असफल पारे ।

पेनाल्टीमा डुल्गास कोस्टाले विजयी गोल गरे । डर्टमुन्ड दोस्रो र तेस्रो पेनाल्टी प्रहारमा चुकेको थियो । बार्यनका गोलकिपर नुयरले बेन्डरको पेनाल्टी रोकेका थिए भने सोक्राटिसले मिस गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर