newskoseli.Com

आईसीसी क्रिकेट डिभिजन– २ : युएईमाथि नेपालको शानदार जित

आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको १ सय १५ रनको लक्ष्य नेपालले २८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले ५ छक्का र २ चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए ।

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको युएईले ३१ ओभरमा सबै विकेट गुमाई १ सय १४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो ।

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले ४, सन्दिप लामिछानेले ३, कप्तान पारस खड्काले २ तथा करण केसीले १ विकेट लिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर