newskoseli.Com

‘खबरदार दुस्मनहरु’… (क्रान्तिकारी नृत्य/भिडियो)

दसवर्षे जनयुद्ध सुरु हुनुभन्दा केही वर्ष अगाडिदेखि नै तत्कालीन नेकपा (माओवादी) सम्बद्ध जनकलाकारहरूको सांस्कृतिक संस्था क्रियाशील थियो ।

समग्र साहित्य–कला र संस्कृति हेर्ने ‘अखिल नेपाल जनसांस्कृतिक संघ’ (हाल महासंघ) मातहत क्रियाशील कलाकर्मीहरूको संस्थाको नाम थियो– ‘सामना परिवार’ ।

माओवादी पार्टीमा आएको विभाजनसँगै जनसांस्कृतिक महासंघ पनि ३–४ टुक्रामा विभाजित हुन पुग्यो । र, महासंघ सम्बद्ध ‘सामना परिवार’ पनि मूलतः ३ चिरामा विभाजित भर्इ सबै चिरा सोही नाममा क्रियाशील रहेका छन् ।

१ फागुन, २०७४ मा २३औं जनयुद्ध दिवस मनाउन मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा संयुक्त कार्यक्रम आयोजना गरियो । राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित सोही समारोहमा नेकपासम्बद्ध ‘सामना परिवार’ को टिमले प्रस्तुत गरेको एउटा आकर्षक क्रान्तिकारी नृत्यको भिडियो रेकर्ड यहाँ प्रस्तुत गरिएको छ ।

भिडियोमा हेर्नोस् चिरण पुनको रचना–संगीतमा रमण, टेक, निर्मला, सोनुलगायतको स्वरलहरीमा सजिएको यसै गीतको नृत्य ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर